
काठमाडौं । अब देखि शुक्रबार पनि सेयर कारोबार खुला रहने भएको छ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबार मात्रै सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेप्से सञ्चालक समितिको बैठकले साताको ५ दिन कारोबार गर्ने सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको जनाएको छ । अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित कारोबार हुनेछ ।
नेप्से सञ्चालक समितिको बैठकले शुक्रबार पनि सेयर कारोबार खोल्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईले जानकारी दिए । नेप्सेले शुक्रबार कारोबार खोल्न लागेको यो पहिलो पटक भने होइन । यसअघि पनि सरकारले २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको थियो ।













समाचार
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न
पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
कुमारी बैंक लिमिटेडको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री