सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।

आज सुन तोलाको ४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १५० रुपैयाँले घटेर तोलाको ४ हजार ८७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार २५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार