
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको ऐतिहासिक तथा धार्मिकस्थल रौतामा सञ्चालन गरिएको पाँच दिने प्रथम रौता पर्यटन महोत्सवमा तीन लाखले भ्रमण गरेका छन् । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन गरिएको प्रथम रौता पर्यटन महोत्सवमा उदयपुरसहित कोशी, मधेस प्रदेशका अन्य जिल्लाबाट उल्लेख्य उपस्थित रहेको आयोजक रौता पर्यटन महोत्सव समितिका संयोजक दिनेश श्रेष्ठले बताए ।
रौता पर्यटन महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबारसमेत भएको आयोजकले बताएको छ । कोशी प्रदेशका अन्य जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थलजस्तै उदयपुरको रौता पनि एक महत्त्वपूर्ण धार्मिक र मनोरम पर्यटन गन्तव्यस्थल भएका कारण धार्मिक पर्यटन प्रवर्द्धनका लागि यसपटक नयाँ वर्षको अवसर पारेर प्रथम रौता पर्यटन महोत्सवको आयोजना गरिएको हो ।
कोशी प्रदेश पर्यटन मन्त्रालय, उदयपुरको रौतामाई गाउँपालिका तथा त्रियुगा नगरपालिकाको सहयोगमा पर्यटन महोत्सव सञ्चालन गरिएको पर्यटन महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटनमन्त्री भीमप्रसाद पराजुलीले गरेका थिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू