काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त सेयरमा एनएमबि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।
सेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । साथै तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार सर्वसाधारणलाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ ।