
काठमाडौं । सिटीजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा १२ औं सिटीजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष सिंगल्समा डानियल बाँस्तोला, सक्षमविक्रम शाह, अभिनव आचार्य, प्रणव मानन्धर, साङ्गे छोजाङ रोकाया, बोरिस अधिकारी, आयुशमान हजुर घले, राजवीर प्रधान (वाकओभर), निजेज महर्जन, युगेन शेर्पा, दर्शिल श्रेष्ठ र प्रीतम परियारले विजयी सुरुआत गरेका छन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा जुजुमन किम तथा ७० वर्षमाथि पुरुष सिंगल्समा फाडर म्याथ्युले जित हात पारे । ३५ वर्षमाथि पुरुष सिंगल्समा विश्वास थापाले बाजी मारे । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा सन्जिव श्रेष्ठ, मनोज श्रेष्ठ, राजु गुरुङ, निरानन् श्रेष्ठ र प्रताप मुक्तानले सफलता पाए । ४५ वर्षमाथि पुरुष डबल्समा नवाङ लामा÷राजेन्द्र भाटियाको जोडी विजयी भए भने विपिन श्रेष्ठररुपेश भण्डारीको जोडीले प्रतिद्वन्द्वीबाट वाकओभर पाए । पहिलो दिन निर्धारित भएका केही खेलहरु भने वर्षाका कारण सम्भव भएन ।
प्रतियोगिताको सिटीजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, आयोजक संघका अध्यक्ष प्रवीण वैद्यलगायतको उपस्थिति रहेको थियो । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा भइहरेको छ ।
प्रतियोगितामा विभिन्न १३ स्पर्धामा १ सय ५४ खेलाडी सहभागी छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता बैशाख १९ गते सम्पन्न हुनेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम