
जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व चरम उत्कर्समा पुगेको उल्लेख गर्दै विश्वव्यापी रूपमा चिकित्सा सुविधा र स्वास्थ्यकर्मीहरु माथिको आक्रमण बढिरहेको बताएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा इरानमा हवाई आक्रमण गर्नु अघि विश्वव्यापी स्वास्थ्य सेवा र स्वास्थ्यकर्मी लक्षित आक्रमणको औसत सङ्ख्या प्रति दिन ३.७ रहेको उल्लेख गर्दै हाल यो सङ्ख्या बढेर ४.३ पुगेको डब्ल्यूएचओले जनाइएको छ । डब्ल्यूएचओले मध्यपूर्वमा द्वन्द्व सुरु भएदे खि ५० वटा निजी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू बन्द गरिएको उल्लेख गर्दै १६ वटा अस्पतालहरूमा क्षति पुगेको जनाएको छ । जुन सुकै अवस्थामा पनि सबै भन्दा बढी आवाश्यक रहेको स्वास्थ्य सेवामा आक्रमण भईरहदा स्वास्थ्य सेवा प्रभाहको क्षमतामा नकरात्मक प्रभाव पारेको डब्लुएचओका आपतकालीन स्वास्थ्यसेवाका निर्देशक अल्ताफ मुसानीले बताएका छन् ।
स्वास्थ्य सुविधाहरूमा भएका आक्रमणहरूले गाजामा चिकित्सा सेवाहरूको प्रावधानलाई पनि गम्भीर रूपमा असर गरेको छ, जहाँ हाल एउटा मात्र अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको डब्ल्यूएचओले जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बारम्बार यी आक्रमणहरूको निन्दा गर्दै सम्बन्धित पक्षलाई जवाफदेही बन्न आह्वान गरेका छन् । उनले लेबनानको पछिल्लो अवस्थालाई प्रकाश पादै उनका स्वास्थ्य सुविधाहरूमा १४९ वटा आक्रमणहरू भएको रेकर्ड गरिएको जनाएका छन् ।













समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै