
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको नाफामा करिब १३ प्रतिशतको सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १२.८९ प्रतिशतले नाफा बढेको हो ।
बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्ममा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा पुगेको छ । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा पुगेको छ ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुर्याएको छ । त्यसैगरी ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापटी पनि बढेर १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकको निष्क्रिय कर्जा (एनपीएल) २.९२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष एनपीएल २.३५ प्रतिशत रहेको थियो ।
त्यस्तै अघिल्लो वर्ष ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ सञ्चित छ ।











समाचार
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता
कालीगण्डकीको कटानले जोखिममा पुल
कनकाईका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो
राष्ट्रियसभाको बैठक बस्दै, आजै सातवटा समंसदीय समितिका पनि बैठक