
काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको अन्तिम समयसम्ममा नाफामा उच्च वृद्धि गरेको हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा नाफा २९३ प्रतिशतले बढेको हो । बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा भएको वृद्धिले नाफा बढ्न मद्दत पुगेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँबाट ३.४७ प्रतिशतले बढेर १२ अर्ब १ करोड ३० लाख रुपैयाँ नाघेको छ भने खुद फी तथा कमिसन आम्दानी २ अर्ब ६६ करोड १६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशतले बढेर १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ अर्ब १९ करोड ४० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७२ लाख रुपैयाँबाट १०१ प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ नाघेको छ । नाफा र आम्दानीमा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ६.९४ रुपैयाँबाट उत्साहजनक वृद्धि भई २८.१७ रुपैयाँ कायम हुन पुगेको छ । खराब कर्जा (एनपीएल) पनि ६.९५ प्रतिशतबाट बढेर ७.४६ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा समेत धनात्मक बनेको छ । अघिल्लो वर्ष ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षमा भने बैंकको वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँ धनात्मक भएको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको रिजर्भ कोष १४ अर्ब ७४ करोड रुपैयाँबाट बढेर १७ अर्ब ७७ करोड रुपैयाँ कायम भएको छ ।












समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु, २७ बेपत्ता