
काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिकामा कर्मचारी सञ्चय कोषले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्मचारी सञ्चय कोष शाखा कार्यालय सुर्खेत र सञ्चयकर्ता सेवा विभागको आयोजना र छेडागाड नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो । मनघाटस्थित नगरपालिकाको सभाहलमा शुक्रवार सञ्चालन भएको कार्यक्रममा कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।
कोषको शाखा कार्यालय सुर्खेतका कार्यालय प्रमुख मुकुन्द अर्यालले अध्यक्षता गरेको कार्यक्रम उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चालन गरेक थिए । कार्यक्रममा कोषका वरिष्ठ प्रबन्धक राम प्रसाद लामिछानेले कोषले सञ्चयकर्ताको हितमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो । यस्तै¸ कोषको सेवा सुविधाहरुका बारेमा सहायक प्रबन्धक दुर्गा प्रसाद नेपाल र केवाइसी तथा वेब इन्ट्रि प्रकृयाका सम्बन्धमा सहायक प्रबन्धक पवन दाहालले प्रस्तुति दिएका थिए ।
कार्यक्रममा वडा नं १२ का अध्यक्ष प्रेम बहादुर खत्रीले सञ्चय कोषले जाजरकोटकै दुर्गम मध्येको छेडागाड नगरपालिकामा यस्तो वृहत कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिनुभएको थियो । यस्तै शिक्षा समन्वय प्रमुख श्री पदम बहादुर बिकले नेपाल सरकारले डिजिटल एवं पेपरलेस गभर्नेन्सको अवधारणा अघि सारेको र कोषले यस अवधारणा अनुसार आफुलाई अव्वल सावित गर्दै गइरहेको सन्दर्भमा समस्त शिक्षक तथा कर्मचारीहरुले समेत सो प्रकृयामा सहयोग गर्नुपर्ने बताउनु भयो । उपप्रबन्धक राजेन्द्र विक्रम केसीले सञ्चयकर्ताको सुविधाको लागि कोष कटिबद्ध रहेको र कोषको डिजिटाइजेसनको प्रकृयामा समस्त शिक्षकवर्ग तथा विद्यालयहरुको सदैव सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा छेडागाड नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानअध्यापक सहित शिक्षक तथा अन्य कर्मचारीहरु गरी १३८ जनाको सहभागिता रहेको थियो ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व