
काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू अहिले सञ्चालन खर्चको चापले थिचिँदै गएका छन् । हवाई इन्धनको मूल्य लगातार बढ्दै गएपछि व्यवसाय नै धान्न कठिन हुँदै गएको उनीहरूको गुनासो हुन् ।
वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै तत्काल सहुलियतका उपायहरू आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराएको छ । संघले हालको परिस्थितिले वायुसेवा क्षेत्र गम्भीर संकटतर्फ धकेलिँदै गएको उल्लेख गरेको छ ।
संघका अध्यक्ष प्रदीप जंग पाण्डेका अनुसार कोभिड–१९ महामारीपछि क्रमशः पुनर्जीवित हुँदै गएको पर्यटन क्षेत्र फेरि विभिन्न बाह्य तथा आन्तरिक कारणले दबाबमा परेको छ । विशेषगरी गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा समेत असर परेपछि हवाई इन्धनको मूल्य अस्वाभाविक रूपमा बढेको उनको भनाइ छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा