
काठमाडौं । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ । जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम इरानले ल्याउँदैछ । यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ ।
यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्यवृद्धिको सम्भावना बढेको छ । विश्वको झण्डै २० प्रतिशत तेल आपूर्ति यही बाटो भएर जान्छ । कतार, साउदी अरब, युएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ । चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एशियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने देखिन्छ । तेहरानमा युद्धपछि मूल्यवृद्धि अत्यधिक बढेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्पजस्तै बनेको खबरमा उल्लेख छ । इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ ।
यस्तै लेबनानमा इजरायल र हिजबुल्लाहबीचको आक्रमण जारी छ । इजरायलले दक्षिणी लेबनानका सय भन्दा बढी ठाउँमा आक्रमण गरेको दाबी गरेको छ । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन हमला गरेको जनाएको छ । इजरायले लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थपिए पनि दुवै पक्षबीच एक अर्कामाथिको आक्रमण रोकिएको छैन । राष्ट्रसंघले युद्धविरामको स्वागत गरेको छ ।
मध्यपूर्व अहिले बहु आयामिक सङ्कटमा फसेको छ । इरान–अमेरिका तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति र अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको छ । आउँदा केही दिन परिस्थिति अझ संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी छ ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन