
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयलाई करिब ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन्। उनले उक्त बजेटमध्ये करिब साढे ३ अर्ब रुपैयाँ ‘अबन्डा’ शीर्षकमा राखिएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पुनले मन्त्रालय नयाँ संरचनामा गठन भएकाले नयाँ कार्यक्रमहरू तयार गर्न बाँकी रहेको बताए। उनका अनुसार हालसम्म सञ्चालनमा रहेका सीमित कार्यक्रमका लागि मात्रै ५०–६० करोड रुपैयाँ छुट्याइएको छ।
“बजेट करिब चार अर्ब रुपैयाँ छ। त्यसमा पनि साढे तीन अर्ब अबन्डामा राखिएको छ। नयाँ मन्त्रालय भएकाले नयाँ कार्यक्रमहरू बनाउने काम भइरहेको छ,” उनले भने। मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विगतमा राजनीतिक भागबण्डाको प्रभावले कमजोर बनाइएको आरोप लगाउँदै यसलाई ‘वेवारिसे र टुहुरो मन्त्रालय’ जस्तै व्यवहार गरिएको टिप्पणी गरे। धेरैले यसलाई नयाँ मन्त्रालय ठाने पनि यसको स्थापना २०५३ सालमै भएको उनले स्पष्ट पारे।
उनका अनुसार मन्त्रालय विभिन्न समयमा अन्य मन्त्रालयहरूसँग गाभिँदै र छुट्टिँदै आएको थियो। २०७५ सालमा यो शिक्षा मन्त्रालयअन्तर्गत समायोजन गरिएको स्मरण गर्दै उनले अहिले पुनः स्वतन्त्र मन्त्रालयका रूपमा स्थापना भएको बताए। “यो मन्त्रालयको सातौँ पुनर्जन्म हो। राजनीतिकरण र भागबण्डाको राजनीतिले यसलाई कमजोर बनायो। अहिलेको सरकारले फेरि यसलाई नयाँ स्वरूपमा अघि बढाएको छ,” उनले भने।
मन्त्री पुनले आफू व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका कारण नभई देशप्रतिको प्रेम र जिम्मेवारीबोधका कारण राजनीतिमा आएको उल्लेख गरे। अमेरिकाबाट गाउँ घुम्न आएको क्रममा गाउँ, जिल्ला हुँदै समग्र देशसँग माया बसेपछि सार्वजनिक सेवामा सक्रिय भएको उनले बताए।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको विकासमार्फत देशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।













समाचार
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि
अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन
१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
आज विश्वकर्मा पूजा, सवारीसाधनको पूजाआजा गरी मनाइदै