
काठमाडौं । ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र लिथुआनियाकी गेर्डा ल्युड्विनाभिसियुटेकाले सिर्जना गरेका कला प्रर्दशनी गरिने भएको हो ।
आर्टुडियो अन्तर्राष्ट्रिय कलाकार रेसीडेन्सी कार्यक्रम २०२४ अन्तर्गत दुवै जनाले नेपाल आई सिर्जना गरेका रचनात्मक कार्यको सम्मान स्वरुप प्रर्दशनी हुन लागेको हो । आर्टुडियोमै यही मङ्सिर १४ देखि एक सातासम्म प्रदर्शनी हुनेछ । आर्टुडियोका संस्थापक र निर्देशक कैलाश के श्रेष्ठले प्रर्दशनीबारे उत्साहित हुँदै भने, ‘यो प्रदर्शनीले हामीलाई कलाले एउटा सार्वभौमिक भाषाको रूपमा कसरी जोड्छ भन्ने शक्ति प्रदर्शन गर्नेछ ।’ उनका अनुसार कलाकार चाउको कला दृष्टिकोण मानवशास्त्र र ललित कलाको समृद्ध शैक्षिक पृष्ठभूमिमा आधारित छ । यस्तै, उनको काम प्रायः सांस्कृतिक कथा, पहिचान र स्थानीय धारणामा आधारित छ । चाउले आफ्ना सिर्जना राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गर्दै समकालीन कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन् ।
अर्का कलाकार गेर्डाको कला भने मनोविज्ञान र स्वास्थ्य अध्ययनमा केन्द्रीत छ । उनको अनुसन्धान मानवीय र गैरमानवीय अस्तित्वको परस्पर सम्बन्धमा केन्द्रित छ, जहाँ परिवर्तन र शरीरबारे धारणाको विषयलाई अन्वेषण गरिएको छ । उनका सिर्जनाले मानव प्रकृतिको सार र आन्तरिक पारिस्थितिक तन्त्रप्रतिको निर्भरतामा विचार उत्पन्न गराउने जानकारहरू बताउँछन् ।













समाचार
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज