
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिमसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार साढे ४ प्रतिशतले नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको नाफा सहित प्रतिसेयर आम्दानीमा वृद्धि आएको देखिएको छ । गत आवमा बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँको नाफा कमाएको थियो । बैंकले गत आवमा करीब ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै बैंकले गत आवमा १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ खुद फी तथा कमशिन आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
त्यसैगरी बैंकले गत आवमा १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जुन अघिल्लो आवको ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँको तुलनामा ८.५९ प्रतिशतले बढी हो । त्यस्तै बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँबाट ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २२.७६ रुपैयाँबाट २३.०६ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ०.६६ प्रतिशतबाट १.०६ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँबाट १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको रिजर्भ कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चिति रहेको छ । बैंकको वितरणयोग्य मुनाफा घटेको छ । बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्ष १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ रहेको थियो । गत आवमा भने घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा झरेको छ ।












समाचार
शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन
इथियोपियामा धार्मिक अनुष्ठानका क्रममा पहिरोमा परि १४ जनाको मृत्यु, कैयौँ बेपत्ता
नेपाल स्काउटको निर्वाचन प्रक्रिया अघि बढाउन सातै प्रदेशलाई पत्राचार
एनएमबी बैंकको नाफामा ४० प्रतिशतको छलाङ, अन्य सूचक कस्ता ?
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान