
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
सोल्टी होटलमा सम्पन्न निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशकसमेत रहेका पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा निर्वाचित भएका छन्। उनले २५१ मत प्राप्त गर्दै विष्णु पाण्डे र वरुण मेहतालाई पराजित गरे। त्यस्तै, उपाध्यक्षमा सविता केसी भट्टराई १७७ मतसहित निर्वाचित भएकी छन्। महासचिवमा राजकुमार देवकोटाले १५८ मत प्राप्त गर्दै जित हासिल गरे भने सचिवमा रमेश पराजुली १९५ मतसहित निर्वाचित भए।
कोषाध्यक्षमा डिकी शेर्पाले २०८ मत प्राप्त गरी विजयी हुँदा सह–सचिव/सह–कोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका छन्। ८ सदस्यीय कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा स्मारिका थापाले सर्वाधिक २११ मत प्राप्त गरेकी छन्। अन्य निर्वाचित सदस्यहरूमा नाट्टाका विभिन्न सदस्य तथा पर्यटन व्यवसायीहरू रहेका छन्।
नवनिर्वाचित अध्यक्ष पाण्डेले नाट्टामा सुशासन र पारदर्शिता कायम गर्ने, सदस्यहरूको सहभागिता बढाउने तथा संस्थाको सेवालाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।













समाचार
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
भारतको स्वतन्त्रता दिवसमा बालेनको मोदीलाई शुभकामना, भने– सम्बन्ध अझ बलियो बनोस्
‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’
खाजा खान रोकिएको बस आफैँ गुड्यो, नुवाकोटमा दुई तीर्थयात्रीको मृत्यु
पोस्टपेड सिम नामसारीको विवरण अब अनलाइनबाटै भर्न सकिने
हिमालयन एभरेस्ट इन्स्योरेन्सको बीमा प्रिमियम संकलन ४ अर्ब ८४ करोडले नाघ्यो
मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख
सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ