
काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
दार–एस–सलाम क्षेत्रका प्रमुख लान्सिने सिलाले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार १८ वटा शव निकालेर शवगृह पठाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
प्रतिनिधिसभाको बैठक बस्दै