
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साढे ४ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले समेत किन्न पाउने गरि ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि उक्त सेयर साविकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । कम्पनीले ३५ दिनको सूचना जारी गरेर आवेदन माग गरेकोमा कुनै पनि सेयरधनीबाट सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
उक्त सेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित मिति (भदौ ९ गते) ले ७ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै