
काठमाडौं । सरकारले विमान परिचालकरपरिचालिकाको ४५ को उमेरहदलाई ५० वर्ष पुर्यार्उने भएको छ । ४५ वर्षे प्रावधान हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यसँग शनिबार छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, मागको सुनुवाइ नभएको विषय राखेका र सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकबाट निकालिएको जानकारी गराए ।
हाल औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेरहद ५० वर्ष पुर्याउँदा फाइदा हुने उनले बताए । ‘४५ को उमेरहदलाई ५० मा पुर्याउने निष्कर्षमा पुगेका छौँ,’ उनले भने, ‘त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ । सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने प्रतिबद्धता जनाउनुभएको छ ।’
क्याबिन क्रुको हड्तालका कारण शुक्रबार राति साढे ११ बजेको निगमको काठमाडौं–दुबई उडान रद्द भएको थियो । ३२८ यात्रु अलपत्र परेका थिए । निगममा कार्यरत परिचालकरपरिचालिकाको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भन्दै ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएको थियो । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि यही असोज १६ गतेयता उनीहरू पुनः आन्दोलनमा थिए ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै