
काठमाडौं । सरकारले विमान परिचालकरपरिचालिकाको ४५ को उमेरहदलाई ५० वर्ष पुर्यार्उने भएको छ । ४५ वर्षे प्रावधान हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रु सदस्यसँग शनिबार छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमलाई उमेरहदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरले आफूहरूमाथि भेदभाव भएको, विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, मागको सुनुवाइ नभएको विषय राखेका र सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए । उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकबाट निकालिएको जानकारी गराए ।
हाल औसत आयु बढेको र विभिन्न अनुभव र तालिममा गरिएको लगानीलाई हेर्दा पनि उमेरहद ५० वर्ष पुर्याउँदा फाइदा हुने उनले बताए । ‘४५ को उमेरहदलाई ५० मा पुर्याउने निष्कर्षमा पुगेका छौँ,’ उनले भने, ‘त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौँ । सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू स्थगित गर्ने र काममा फर्किने प्रतिबद्धता जनाउनुभएको छ ।’
क्याबिन क्रुको हड्तालका कारण शुक्रबार राति साढे ११ बजेको निगमको काठमाडौं–दुबई उडान रद्द भएको थियो । ३२८ यात्रु अलपत्र परेका थिए । निगममा कार्यरत परिचालकरपरिचालिकाको संस्था नेपाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भन्दै ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएको थियो । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि यही असोज १६ गतेयता उनीहरू पुनः आन्दोलनमा थिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू