
काठमाडौं। चिनियाँ सवारी निर्माता डोङफेङको प्रिमियम विद्युतीय गाडी सेडान ईपाइ००७ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालमा डोङफेङ ब्रान्डको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि मोटर्सले यो गाडी नाडा अटो शोमा मंगलबार सार्वजनिक गरेको हो।
ईपाइ००७ मा ५६.८३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री उपलब्ध छ। यसले एक पटकको पूर्ण चार्जमा सीएलटीसी परीक्षणअनुसार ५३० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। गाडीमा पछाडिको पांग्रामा शक्ति प्रवाह हुने आरडब्लूडी प्रणाली प्रयोग गरिएको छ। ईपाइ००७ मा १६० किलोवाटको मोटर जडान गरिएको छ। मोटरले अधिकतम ३१० एनएम टर्क उत्पादन गर्छ। यसले ० देखि १०० किलोमिटर प्रति घण्टाको गति ६.८ सेकेन्डमै लिन सक्ने कम्पनीको विवरणमा उल्लेख छ।
ईपाइ००७ को ५३० प्रो भेरियन्टमा ५६.८३ किलोवाट आवरको ब्याट्री र ५३० किलोमिटर सीएलटीसी रेन्ज उपलब्ध छ। गाडीको लम्बाइ ४ हजार ८८० मिलिमिटर र ह्विलबेस २ हजार ९१५ मिलिमिटर छ। पाँच सिट क्षमताको सेडानमा अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र पछाडि मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन उपलब्ध छ।
गाडीमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। कम्पनीका अनुसार ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ। सुरक्षातर्फ गाडीमा अगाडि, साइड र कर्टेन एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्डलगायतका सुविधा उपलब्ध छन्।
त्यस्तै, गाडीमा विभिन्न उन्नत चालक सहायता प्रणाली (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम-एडीएएस) समेत उपलब्ध छन्। यसमा अगाडि टक्करको चेतावनी, स्वचालित आपत्कालीन ब्रेकिङ, अनुकूलनशील क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन छाड्ने चेतावनी, लेन किपिङ असिस्ट, लेन सेन्टरिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, लेन परिवर्तन गर्दा हुने टक्करको चेतावनी, ढोका खोल्दा हुने जोखिमको चेतावनी र पछाडिबाट क्रस ट्राफिक आउने चेतावनीलगायत सुविधा छन्।
इन्टेरियरतर्फ ईपाइ००७ मा १५.६ इन्चको केन्द्रीय डिस्प्ले र ८.८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। त्यस्तै, १९ वटा स्पिकर, बहुरंगी समायोजन गर्न मिल्ने एम्बियन्ट लाइट, वायरलेस मोबाइल चार्जिङ, चार-जोन क्लाइमेट कन्ट्रोल, एयर प्युरिफिकेसन प्रणाली र विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिटलगायत सुविधा छन्। यसको मूल्य ५९.९९ लाख राखिएको छ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित