
पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गरेका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरेर सापकोटा नेतृत्वको समूहले २० बुँदे चुनावी घोषणापत्रसहित उम्मेदवारी घोषणा गरेको हो ।
टानको आगामी भदौ १७ गते वार्षिक साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन हुँदैछ । अध्यक्षका प्रत्यासी सापकोटाको समूहबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पाले उम्मेदवारी घोषणा गरे । साथै महासचिवमा राजेन्द्रप्रसाद सुवेदी, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पाले उम्मेदावरी घोषणा गरेका छन् ।
समूहका तर्फबाट कार्यसमिति सदस्यमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्जेन लामा, छेपेट लामा र पवित्रा तामाङले उम्मेदवारी घोषणा गरे ।
अध्यक्षका प्रत्यासी सापकोटाले पदमार्ग संरक्षण, त्यससम्बन्धी नीतिगत सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । ‘पदयात्रा व्यवसाय विकासको दीर्घकालीन सोचसहित नीतिगत सुधार पहिलो प्राथमिकता हुनेछ’, उनले भने, ‘पदमार्ग नै नभए व्यवसाय सङ्कटमा पुग्ने खतरा छ, विकासका नाममा मासिँदै गएका पदमार्गको संरक्षणमा कटिबद्ध भएको लाग्नेछु ।’
आर्थिक समृद्धिको मुख्य आधार मानिएको पर्यटन क्षेत्रको महत्वपूर्ण पाटो साहसिक पर्यटनलाई पाठ्यक्रममा समावेश गराएर यसको प्रभावकारी प्रवद्र्धनका लागी आफूले पहल गर्ने उनको भनाइ थियो । सापकोटाले टानको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको ‘एडभेन्चर ट्राभल मार्ट’ आयोजना समेत गर्ने आफ्नो योजना रहेको सुनाए ।
टानको महासचिव पदका प्रत्यासी राजेन्द्रप्रसाद सुवेदीले पदमार्ग संरक्षण र नयाँ गन्तव्य प्रवद्र्धनका लागि सक्रिय भूमिका खेल्ने पनि बताए । कार्यक्रममा टानका अध्यक्ष नीलहरि बास्तोलाले पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रभावकारी समन्वय र सहकार्य जरुरी भएको बताए । टानका पूर्वअध्यक्ष चन्द्रप्रसाद रिजालले व्यवसायमैत्री टान र पदयात्राका समस्या समाधानमा नयाँ नेतृत्व सक्षम हुने विश्वास व्यक्त गरे ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू