
बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । अघिल्लो दिन १११ अंकले घटेको बजार आज ३ दशमलव ८० अंकले बढेको हो । दिनभरको कारोबारमा उतारचढाब भएको बजार अन्तिम समयमा हरियो भएर बन्द भएको हो ।
बुधबारको कारोबार बन्द हुँदा सेयर बजारमा परिसूचक २७८६ दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १४३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९७ कम्पनीको सेयर मूल्य भने बढेको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकममा भने गिरवाट आएको छ । आज सेयर बजारमा १३ अर्ब ७२ करोड बढीको कारोबार भएको छ । यो अघिल्लो दिनको भन्दा करिब ५ अर्बले कम हो । अघिल्लो दिन १८ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।
आज सेयर बजारमा ३२६ कम्प्नीका ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १ लाख ६८ हजार १७५ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६८ अंकले बढेर ४९८ दशमलव १५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ उपसूचकको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया