
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी हुन् ।सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको गुनासो आउने गरेका छन् ।
त्यस्तै काममा ढिलाइ गरेको र लेनदेनसमेत गर्ने गरेको गुनासा आएको भन्दै यदि कोहीकसैबाट यस्तो भएको भए स–प्रमाण मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेकी हुन् ।
उनले आफ्नो सचिवालयको इमेल ठेगाना secretariat.minister@moest.gov.np वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी समेत आग्रह गरेकी हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
एशियन लाइफले कमायो साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?
२ प्रतिशतले बढ्यो रिलायबल नेपाल लाइफको नाफा, १७ अर्ब ९३ करोडको जीवन बीमा कोष
नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, प्रतिसेयर आम्दानी कति ?
युनाइटेड अजोडको बीमा व्यवसाय मजबुत, एक वर्षमा कमायो ६ करोड बढी नाफा
सानिमा जीआईसी व्यवसाय विस्तारमा आक्रामक, यस्ता छन् अन्य सूचक
स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै
नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार
चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित