
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।
समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६२.३१ प्रतिशतले न्यून हो । अघिल्लो वर्ष कम्पनीले १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विशेषगरी कम्पनीको खर्च र दाबी भुक्तानीमा भएको उच्च वृद्धिका कारण नाफामा संकुचन देखिएको हो ।
कम्पनीको व्यवसाय गर्ने मुख्य स्रोत खुद बीमा शुल्क आर्जन भने १७.९९ प्रतिशतले बढेर १ अर्ब १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९८ करोड २८ लाख रुपैयाँ मात्र थियो । यस्तै कम्पनीको कूल आम्दानी पनि ११.६० प्रतिशतले वृद्धि भई १ अर्ब ८३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको खर्च तर्फको भार निकै बढेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कूल खर्च २७.४१ प्रतिशतले वृद्धि भएर १ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीले गर्ने कूल दाबी भुक्तानीमा पनि ३७.५५ प्रतिशतको वृद्धि देखिएको छ जसले गर्दा नाफामा सोझै असर परेको हो । अघिल्लो वर्ष २ अर्ब ४२ करोड रुपैयाँ रहेको दाबी भुक्तानी यस वर्ष ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमा कोषमा पनि १४.७६ प्रतिशतको सुखद वृद्धि सहित ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ बराबर रहेको छ । तर रिटेन्ड अर्निङमा भने ८७.२० प्रतिशतको गिरावट आई १ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । नाफामा आएको गिरावटसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट देखिएको छ । अघिल्लो वर्ष ५.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ घटेर २.१७ रुपैयाँ झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १६६.३६ रुपैयाँ कायम भएको छ ।












समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन