
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विदेशी लगानीकर्ताको विश्वास जित्न र लगानीको वातावरणलाई पुनः लयमा फर्काउन सक्रियरुपमा पहल गरिरहेको बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार संघसँगको भेटमा सिईओ ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय स्तरमा सिर्जना भएको नकारात्मक छविलाई सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे । सिईओ ज्ञवालीले पछिल्ला घटनाक्रमले लगानीकर्ताहरूमा ‘पर्ख र हेर’को अवस्था रहेको बताए । ‘संकटका बीच पनि बोर्डले एक दिन पनि आफ्नो सेवा प्रवाह नरोकी कामलाई निरन्तरता दियो, जसले लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको छ। हामीले (हामी उठ्नैपर्छ) भन्ने संकल्पका साथ सबै सरोकारवालालाई एकै ठाउँमा ल्याएर विश्वासको वातावरण बनाउने प्रयास गरेका छौं ।’
ज्ञवालीका अनुसार आन्दोलनले मुलुकको अन्तर्राष्ट्रिय छविमा धक्का पु¥याउँदै लगानीकर्ताको मनोबलमा केही कमी ल्याएको स्वीकार गरे । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि राजनीतिक र सामाजिक स्थिरता सबैभन्दा महत्वपूर्ण हुन्छ,‘ उनले भने,‘यस्तो अवस्थामा उनीहरूमाझ नकारात्मक सन्देश प्रवाह हुनु स्वाभाविक थियो। तर बोर्डले त्यो विषयलाई तोडेर अघि बढ्ने गरी काम गरिरहेको छ ।’ पछिल्लो चुनौतीलाई सामना गर्न बोर्डले तत्काल निजी क्षेत्र, सरकारी निकाय र लगानीकर्ताहरूसँग उच्चस्तरीय संवाद गरिसकेको छ । पछिल्ला चुनौतीका बाबजुद लगानी स्वीकृतिमा भने उत्साहजनक वृद्धि देखिएको छ। विगतमा वार्षिक करिब १०० अर्ब रुपैयाँको लगानी स्वीकृत हुने गरेकोमा गत आर्थिक वर्षमा बोर्डले २५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको बताए । उनले चालु आर्थिक वर्षका लागि ७०० अर्ब रुपैयाँको महत्वाकांक्षी लक्ष्य राखिएको उल्लेख गे ।
उनले अहिले १६ खर्ब रुपैयाँ बराबरका लगानी आयोजनाहरू पाइपलाइनमा रहेको भन्दै यसले पनि थप आशाको संचार गरेको बताए । परम्परागत जलविद्युत् बाहेक सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा र कृषि–सोलार जस्ता भविष्यमुखी परियोजनाहरू समेत समावेश रहेको उनको भनाई छ । अहिलेसम्म बोर्डले जलविद्युत्, सिमेन्ट, पर्यटन, पूर्वाधार र सूचना प्रविधिजस्ता क्षेत्रमा खर्बौंको लगानी स्वीकृत गरिसकेको छ । लगानीको यो प्रवाहलाई निरन्तरता दिन बोर्डले आफ्नो कार्यशैलीमा समेत परिवर्तन गरेको उनको भनाई छ ।
उनका अनुसार विगतमा सरकारले आयोजना तय गरेर लगानीकर्ता खोज्ने परम्परालाई तोड्दै अहिले लगानीकर्तालाई नै नवीन सोच र प्रस्ताव लिएर आउन प्रोत्साहित बोर्डले गरिएको छ। ‘हामीले लगानीकर्तालाई सोध्ने गरेका छौं, ‘तपाईंहरू के चाहनुहुन्छ?’ यसले गर्दा बजारको माग र लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू आउन थालेका छन्,’ उनले भने । विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिक अस्थिरता र नीतिगत परिवर्तन रहेको उनको भनाई थियो । यसलाई सम्बोधन गर्न बोर्डले कानुनमा परिवर्तन गरी लगानीकर्ताको लगानी सुरक्षित हुने प्रत्याभूति दिने उल्लेख गरे ।
बोर्डले कुनै लगानीकर्ताले सम्झौता गरिसकेपछि सरकार परिवर्तन वा नयाँ कानुन बन्दा त्यसले आयोजनामा पार्ने नकारात्मक असरबाट जोगाउने गरी ऐन नीति बनाएको जानकारी सिईओ ज्ञवालीले दिए । उनले प्रधानमन्त्रीको अध्यक्षतामा रहेको बोर्डको संरचनाले ठूला आयोजनाहरूलाई ‘फास्ट ट्र्याक’मा निर्णय गराउन र विभिन्न मन्त्रालयबीच समन्वय गर्न सहज बनाएको बताए । प्रक्रियागत झन्झट कम गरी लगानीकर्तालाई एउटै छातामुनिबाट सेवा दिने वातावरण सिर्जना बोर्डले गरेको बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू