
काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२ देशका ३ सय २९ जनाले अनुमति लिएका हुन् ।
उनले भने, ‘शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि विभागबाट हालसम्म ३२ समूहका २ सय ४६ जना पुरुष र ३२ जना महिलाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये मनासलु मात्रै २५ समूहका २ सय ९० जनाले अनुमति लिएका छन् ।’ उनका अनुसार पुथा हिउँचुली आरोहण गर्न सात जना, अन्नपूर्ण चौथोमा पाँच जना, ठकर गो इस्टमा चार जना, धौलागिरि पहिलोमा १४ जना, फुङ्गीमा पाँच जना र कुम्भकर्ण हिमाल आरोहण गर्न दुई जना आरोहीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबापत विभागले तीन करोड ७४ लाख ४३ हजार ९ सय ५ रुपैयाँ हिमाली दस्तुर संकलन भएको उनले बताए।
हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट ५७, अमेरिकाबाट ३५, रसियाबाट ३०, बेलायतबाट २३, जापानबाट २३, चेक रिपब्लिकबाट १४, जर्मनीबाट १२ र काजाकिस्तानबाट १० जना आरोही रहेका छन् । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा गत वर्ष भदौ ३१ गते पहिलो आरोहण भएको थियो । किलर माउन्टेनको उपमा पाएको मनासलु आरोहणलाई सगरमाथा आरोहण गर्न जानुअघिका रूपमा लिइन्छ । शरद ऋतुलाई मनासलु आरोहणका लागि उपयुक्त मानिन्छ ।
मनासलु आरोहणका लागि बाटो बनाउने काम (रोप फिक्सिङ) को जिम्मेवारी पाएको सेभेन समिट ट्रेक कम्पनीले तेस्रो आधार शिविरसम्म बाटो बनाइसकेको विभागले जनाएको छ । यसैबीच सरकारले दसैँअघि नै आरोहणयोग्य नयाँ ५७ वटा हिमाल खुला गर्ने तयारी गरेको छ ।
हाल नेपालमा ४०१ हिमाल आरोहणका लागि खुला रहेका छन् । तीमध्ये २७ वटा हिमालको आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ भने बाँकी हिमालको आरोहण अनुमति विभागले दिँदै आएको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू