
काठमाडौं । सेयर बजार लगातार रूपमा ओरालो लागिरहेको समयमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको कार्यालय भ्रमण पुगेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् ।
नेप्से पुगेका अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार रकम किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरेका थिए । त्यस्तै बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो । ‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्यो ।’
नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि अर्थमन्त्री पौडेलले प्रश्न राखेका थिए । नेप्सेका प्रबन्धक निरञ्जन फ्युयालले अर्थमन्त्रीसामू सेयर बजार सुधारका विषयमा प्रस्तुति दिएका थिए ।
अर्थमन्त्री पौडेल बुधबार दिउँसो साढे २ बजे नेप्सेको कार्यालयमा पुगेका थिए । उनले नेप्सेको कारोबार प्रणालीमा विश्वसनियता नभएको समेत प्रश्न उठाए । ‘कुनै समय १२ बजेसम्म टिएमएस प्रणालीले काम गरेन त्यो किन भयो ? यो समस्या किन आइरहेको छ जवाफ खोज्नु परेको छ । ब्याजदर निरन्तर ओरालो लागि रहेको छ । तर, ब्याजदर घट्दासमेत किन कारोबार रकम बढेको छैन ?’ उनले भने ।
सो अवसरमा उनले लगानीकर्ताको विश्वास जित्ने, लगानी सुरक्षित र स्वथ्य प्रतिस्पर्धाको प्राथमिकतामा दिनु पर्ने बताए । ‘पुँजी बजारलाई दिगो विकासमा कसरी जोड दिने भन्ने विषय समेत हाम्रो माथि उठेका छन् । नकारात्मक कुरालाई निरोत्साहन गर्नु आवश्यक रहेको छ,’ अर्थमन्त्री पौडेलले भने । सेयर बजारमा पछिल्लो समय आएको गिरावटका विषयमा अर्थमन्त्रालय गम्भिर रहेको उनको भनाइ थियो ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय