
चितवन । चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र डिप ट्युवेलको माग गर्दै आएका छन् ।
कार्यालयमा हालसम्म स्यालो ट्युवेल २ सय ५० र डिप ट्युवेल ४० वटा माग भएकामा बजेट अभावले चालु आर्थिक वर्षमा ६२ वटा योजना मात्रै कार्यान्वयन गर्ने तयारी भएको हो । आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार चितवनमा ३८, मकवानपुरमा पाँच र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १९ वटा आयोजना सञ्चालन गरिँदै छ । चितवनको इच्छाकामना गाउँपालिकाबाहेक अन्य सबै पालिकामा आयोजना कार्यान्वयन हुने उनले बताए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका तथा मनहरी, बकैया र बागमती गाउँपालिकामा आयोजना सञ्चालन हुने केसीले जानकारी दिए। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु र विनय त्रिवेणी नगरपालिकामा आयोजनाको काम हुने उनले बताए।
आयोजना प्रमुख केसीले भने, ‘अन्तय जिल्लाको तुलनामा चितवनका किसानले बढी माग गर्नुभएको छ । मागअनुसार आयोजना भने पर्न सकेको छैन ।’ यी आयोजना सम्पन्न गर्न रु. ४० करोड बजेट विनियोजन भएको जनाउँदै तोकेर आयोजना आएकाले किसानका मागअनुसार काम गर्न नसकिने उनले उलेख गरे ।
विसं २०७७ मा स्थापना भएको यस कार्यालयले हालसम्म लिफ्ट सिँचाइ ११ र डिप बोरिङ ९८ वटा जडान गरी तीन हजार सात सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको छ ।
वैकल्पिक सिँचाइको अभाव भएका स्थानमा संयोजनात्मक सिँचाइले काम गर्दै आएको केसीले जानकारी दिए । अघिल्ला वर्षमा मकवानपुर र चितवन मात्रै हेर्दै आएको यस आयोजनाले यस वर्ष नवलपुरमा थप गरेर काम गर्दै आएको हो ।












समाचार
अर्थ मन्त्रालयका महत्त्वपूर्ण दुई विभागमा नयाँ नेतृत्व
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
केही प्रेरक भनाइहरु, जसले हाम्रो सोंच बदल्छ
बागलुङको तरकारी पोखरामा बिक्री
नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न
श्रावण २६ देखी ३१ सम्म भृकुटींमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ हुने तयारी पुरा
नेप्सेको सीईओ चापागाईद्धारा राजिनामा
अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता