
काठमाडौं । मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ ।
डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ । बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् ।
जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा बच्चा हुन सक्ने आशंका देखियो । मेडिकल कलेजमा दोहोर्याएर जाँच्दा यो कुरा सत्य साबित भयो । महिलाले सामान्य प्रसव प्रक्रियाबाट छोरीलाई जन्म दिएकी थिइन् । अल्ट्रा साउन्डको रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा एउटा गाँठो जस्तो देखिएको थियो ।
सीटी स्क्यानका क्रमा पेटमा बच्चा नै भएको सम्भावना धेरै पाइयो । यस्तो खालको मामिला दूर्लभ हुन्छ । पाँच लाख महिलामा एक जनामा यस्तो हुन्छ । अहिलेसम्म विश्वभर यस्ता खालको २०० मामिला देखिएका छन् ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै