
काठमाडौं । अविरल वर्षाका कारण ठूलो जनधनको क्षति पुगेकाहरुलाई राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री राहत कोषलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूलाई सहयोगार्थ उक्त रकम शहरी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमानलाई हस्तान्तरण गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री सिंहलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । समाहरोमा सूचना तथा संचारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायण राज अधिकारी लगायतको उपस्थिति रहेको थियो । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वस्थलाभको पनि कामना गरेको छ ।
यस सहयोगबाट पीडितहरुलाई तत्काल राहतमा सहयोग पुग्ने पनि बैंकले अपेक्षा गरेको छ । सिटिजन्स बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडीतहरुको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप १ करोड रुपैयाँ प्रदान गरेको थियो ।
साथै कर्णाली प्रदेशको जाजरकोटमा २०८० कात्तिक १७ गतेका दिन गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको लागि उद्धार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा