
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक ११४ दशमलव ७० अंकले बढेर २६२३ दशमलव ५६ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएक कम्पनीमध्ये २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । एक कम्पनीको भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले बढेर ४७० दशमलव ८१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन ३ अर्बभन्दा बढीको कारोबार भएको बजार आज ७ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ९६ हजार ९०६ पटक खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि