
काठमाडौं । कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि सरोकारवालाहरूले सरकारको स्थिर नीतिको आवश्यकता औँल्याएका छन् । आज ‘कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालाहरूसँग अन्तक्रिया गोष्ठी’ मा बोल्दै उनीहरूले वर्तमान कृषि उद्योगहरूलाई दिगो रूपमा सञ्चालन गर्न नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
गोष्ठीमा कृषि विभागका महानिर्देशक डा।नरहरि प्रसाद घिमिरेले सरकारका नीति, नियम अनुसार बजेट तथा कार्यक्रम नभएको बताए । उनले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न उपयुक्त नीति बनाएर कृषि उद्योगलाई प्रोत्साहन गर्नु आजको आवश्यकता रहेको औँल्याए । नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक गंगाराम भण्डारीले कृषि उद्योगबाट देशको आर्थिक उपार्जन सहित रोजगारी सिर्जना, सिपको विकास गर्न सकिने बताउँदै स्वदेशी कृषि उद्योगको प्रवर्धनमा राज्यले अहम भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले वर्तमान अवस्थामा देशका अधिकांश कृषि उद्योगहरूमा दक्ष्य जनशक्तिको अभाव, कच्चा पदार्थ आयातमा महँगो भन्सार दरले आयातलाई प्रोत्साहन र उद्योगीलाई निरुत्साहित गरेको बताउँदै यसमा सरकारले ध्यान दिन आग्रह गरे ।
‘हामीले कृषि सम्बन्धी कार्यक्रम लिएर जाँदा कृषिका केहि क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सक्छौ भन्ने आत्मविश्वास कृषि उद्यमीमा देखियो त्यसैले यसमा सरकारले विशेष ध्यान दिनुपर्छ र सबैले आ(आफ्नो ठाउँमा राम्रो भूमिका निर्वाह गर्ने हो भने नेपालको कृषि र देशले काचुली फेर्न सक्ने अनुभूति मलाई भयो,’ उनले भने । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, खमुमलटारका वरिष्ठ कृषि इन्जिनियर जीत चन्दले राज्यका सबै तह र निकायबाट कृषिमा आधारित उद्योगमा रोजगारी सिर्जना गर्ने कार्यक्रम लागु गनुपर्ने बताए ।
उनले कृषिको प्रोजेक्टमा आधारित भएर ऋण दिने संयन्त्रको विकास गर्दा असली किसानहरूलाई फाइदा हुने दाबी गरे । उनले अर्थ मन्त्रालयल राजस्व बढाउने कुरामा मात्र ध्यान दिएको बताउँदै आउँदो दिनमा त्यस्ता कुरामा ध्यान नदिएर कृषि उद्योगको विकासमा समेत ध्यान दिन आग्रह गरे । एसोसिएसन अफ एग्रीकल्चरल टेक्नोलोजी इन्डस्ट्री नेपाल आटी नेपालका अध्यक्ष खोजराज कटुवाल नेपालको ६२ प्रतिशत जनसंख्या कृषिमा आधारित हुँदा पनि ९० प्रतिशत भन्दा बढीको कृषि सामग्री आयात हुनु राम्रो नभएको बताए ।
उनले कृषि औजार, उपकरण, सामग्रीहरू उत्पादनको निम्ति सरकारको कुनै ठोस कानुनको व्यवस्था नभएको आगामी दिनमा कृषि उद्योगको विकासका निम्ती यस्ता विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे । ‘नयाँ कृषि उद्योग स्थापना, विस्तार, तथा थप निजी लगानीका लागि उचित औद्योगिक वातावरण निर्माण भएको छैन् जसले कृषिमा नविनतम प्रविधि भित्र्याउन ढिलो भएको छ,’ उलने भने ।
कार्यक्रममा सरोकारवालाहरूले कृषि सम्बन्धि उद्योगको प्रबर्द्धन र विस्तारका लागि आवश्यक नीति, नवप्रवर्धित स्वदेशी उद्योगको स्थापनामा जोड दिएका थिए । आटी नेपालले पनि आगामी दिनमा कृषि उद्योगी, व्यवसायीलाई एकताबद्ध गर्दै यस क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।













समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर