रुसी महिला अलिना पेकोवा बनिन पहिलो १४ शिखर आरोही

अलिना पेकोवाले अक्टोबर ९, २०२४ मा शिशापाङ्मा (८,०२७ मिटर) को शिखरमा पुगेपछि ८,००० मिटरभन्दा माथिका सबै १४ शिखर आरोहण गर्ने पहिलो रुसी महिला बन्ने ऐतिहासिक सफलता हासिल गरेकी छन्। सेभेन समिट ट्रेक्स कम्पनीका अनुसार उनले सेभेन समिट ट्रेक्स शिशापाङ्मा अभियान २०२४ को हिस्सा हुँदै अन्तिम शिखर चुमेकी हुन्।

विश्वभरका पर्वतारोहीहरूको लागि १४ वटा हिमाली शिखर चढ्नु एकदम चुनौतीपूर्ण र कठिन मानिन्छ। अलिनाले सगरमाथा, के२, कञ्चनजङ्घा, र अन्य ८,००० मिटरका हिमालहरू चढ्दै यो कदमलाइ सफलतापूर्वक पूरा गरिन्।

उनको यो साहसिक सफलता रुसी पर्वतारोहणको इतिहासमा महत्त्वपूर्ण माइलस्टोन बनेको छ। यो उपलब्धिले विश्वभरका महिलाहरूलाई पनि उच्च शिखरहरू चढ्ने प्रेरणा दिएको छ, जसले पर्वतारोहणको क्षेत्रमा महिलाहरूको सहभागिता र हौसला अझै बढाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार