
काठमाडौं । लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक गरिएको छ। पुस्तक संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशद्वारा प्रकाशन भएको हो। पुस्तकमा बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाका आकर्षक तस्बिरसँगै तिनको संक्षिप्त परिचय समेटिएका छन्।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशको पर्यटन, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले बागमती प्रदेशका पर्यटकीय गन्तव्य, धार्मिक सम्पदा तथा सांस्कृतिक विविधतालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको पुस्तक प्रदेश चिनाउने प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। “पुस्तक बागमती प्रदेशलाई चिनाउने महत्त्वपूर्ण आँखीझ्यालका रूपमा स्थापित हुनेछ,” उनले भने, “यसले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउनेछ।”
मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पुस्तकमा प्रदेशको भौगोलिक सुन्दरता, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई समेटिएको बताए। उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वका स्थलका प्रतिनिधिमूलक तस्बिरहरू पुस्तकमा समावेश गरिएको छ। पुस्तकका लेखक थापाले बागमती प्रदेशको पुरातात्त्विक गौरव‚ ऐतिहासिक गरिमा, प्राकृतिक सौन्दर्य तथा धार्मिक महत्त्व बोकेका स्थानलाई तस्बिर र जानकारीमार्फत एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए। दृश्य र शब्दको संयोजनले पाठकलाई प्रदेशका सम्पदा र स्थानीय जीवनशैलीसँग नजिकबाट परिचित गराउने उनको भनाइ छ।
प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बागमती प्रदेशलाई पुस्तकमार्फत अझ प्रभावकारी रूपमा चिनाउन सकिने अपेक्षा गरिएको छ। विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा‚ प्राचीन सभ्यता, कला-संस्कृति, धार्मिक आस्था र मनोरम पर्यटकीय गन्तव्यलाई समेटिएको पुस्तकले पर्यटन प्रवर्द्धनसँगै सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने विश्वास लिइएको छ।
थापाले यसअघि हिमालय म्याप हाउसबाट प्रकाशित ‘वाइल्ड वेस्ट नेपाल’ (२०१३), पर्यटन मन्त्रालय, कर्णाली प्रदेशबाट प्रकाशित ‘गन्तव्य कर्णाली’ (२०१९), पर्यटन विकास समाज धनगढीबाट प्रकाशित ‘एक्सप्लोर फारवेस्ट’ (२०१९), पर्यटन मन्त्रालय कर्णालीबाट प्रकाशित ‘कर्णाली’ (२०२०), मध्यपुर थिमी नगरपालीकाबाट प्रकाशित ‘गन्तव्य मध्यपुर’ (२०२१), नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ (२०२१), नेपाल क्यानडा टुरिज्म एन्ड कल्चर ट्रेडबाट प्रकाशित ‘वेस्ट नेपाल’ (२०२२), नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाल इन इमेजेज (२०२३) दुल्लु नगरपालिका दैलखबाट प्रकाशित ‘पञ्चकोसी दैलेख’ (२०२३) तथा सोलुदूधकुण्ड नगरपालिकाबाट प्रकाशित ‘डेस्टिनेसन सोलुदूधकुण्ड’ (२०२४) लगायत फोटो पुस्तक प्रकाशित गरिसकेका छन्। ‘प्याराडाइज बागमती’ उनको पछिल्लो कृति हो।












समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक