
काठमाडौं ।सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली उडान अवतरणमा रोक लगाएको हो ।
सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउपालिकामा रहेको निकुञ्जले हेलिकप्टरको आवतजावत बढ्दा ध्वनी प्रदुषण बढेको भन्दै उडान र अवतरण निषेध गरेको छ । निकुञ्जले कात्तिक ८ गते सूचना जारी गरेर अनावश्यक ध्वनी प्रदुषण भएको भन्दै हेलिकप्टरको उडान अवरण निषेध गरेको बताएको छ ।
‘त्यो क्षेत्रमा दैनिक ५० औँ स्थानमा हेलिकप्टर उडान तथा अवतरण भई रहेको हुँदा यसबाट निकुञ्ज क्षेत्रमा अनावश्यक ध्वनी प्रदूषण भइ बन्यजन्तुको आनीबानी तथा व्यहारामा समेत नकारात्मक असर तथा प्रवाहरु पर्नै देखिएकाले निकुञ्ज क्षेत्रमा उडान अवरत नगर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
उक्त निर्णयलाई गाउँपालिकाले पनि स्वागत योग्य रहेको बताएको छ । ‘गाउँपालिकाले खुम्बु क्षेत्रको पर्यटन जोगाउन सगरमाथा राष्ट्रिय निकुञ्जले अत्यन्त स्वागतयोग्य कार्यको थालनी गरेको छ’, गाउँपालिकाले भनेको छ । उक्त निर्णयलाई कार्यन्वयन गर्न स्थानीय सरकारको पूर्ण साथ सहयोग गर्न तयार रहेको बताइएको छ ।














समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने