
महोत्तरी । छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, घाट निर्माण र शृङ्गारका विभिन्न तयारी भइरहेका छन् ।
मिथिलाञ्चलभरिको एउटै पोखरी तथा नदी तलाउमा एक सय, दुई सय र पाँच जना र सोभन्दा बढी व्यक्तिले छठपर्व मनाउने चलन रहेका कारण त्यसका लागि १५/२० दिन पहिलेदेखि नै छठ घाटमा विभिन्न तयारी गर्नुपर्ने हुन्छ । मिथिलाको प्रमुख पर्वका रूपमा मानिएको छठपर्व यस क्षेत्रमा निकै धुमधामका साथ मनाउने भएकाले यहाँका पोखरी, नदी, तलाउजस्ता जलासयमा अहिले छठपर्वको तयारी तीव्रताका साथ भइरहेको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।
सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै हुने भएकाले मिथिलाञ्चलका जलासयमा अहिले छठपर्वका लागि सरसफाइ, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने काम, सडक, बाटो बनाउने काम तीव्रताका साथ भइरहेको जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंहले बताए । छठपर्व मिथिलावासीले धुमधामका साथ मनाउँदै आएका छन् । यस पर्वका लागि जलासयमा एक महिना पहिलेदेखि नै सरसफाइ, मर्मतसम्भार, मन्दिर निर्मण र शृङ्गार्नेजस्ता तयारी गर्नुपर्ने जलेश्वर नगरपालिकाका प्रमख सुरेश साह सोनारले बताए ।
यसैबीच परापूर्वकालदेखि नै सूर्य पूजा तथा छठीमाताको पूजाका लागि महोत्तरीको जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै बाँसको तैरिने बाटो निर्माण गरिन्छ । त्यस्तै करिब आधा किलोमिटरसम्म गुफाबाला पंडाल र विभिन्न खालको सजीसजाउ र बिजुली बत्ती जडान गर्ने चलन छ । अहिले पनि त्यहाँ धमाधम ती काम भइरहेको स्थानीय प्रदीप पाठकले बताए ।
त्यस्तै जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा पनि छठपर्वका लागि चारैतिर ठूल्ठूला पंडाल, रङ्गीचङ्गी सजीसजाउ र बिजुली बत्ती जडानजस्ता कार्य भइरहेका छन् । जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायत स्थानमा नदीमा छठपर्व मनाउने चलन रहेका कारण ती स्थानका नदीमा अहिले बाटो निर्माण, घाट निर्माण, पंडाल निर्माण र रङ्गीचङ्गी बिजुली बत्ती सजाउने कार्य धमाधम भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह