
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा बस्ने वातावरण नै छैन भन्ने भाष्य निर्माण भइरहेको बताएका छन् । विद्युत महसुलको समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपालमा बस्नका लागि व्यथिति हुन नहुने उनको भनाइ थियो । महासंघको कार्यवाहक अध्यक्ष पनि रहेका श्रेष्ठले लामो समयसम्म सरकारले एउटा समस्या पनि समाधान गर्न नसकेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने बताए । ‘व्यवसायीहरुले प्रमाण बिना रकम भुक्तानी नगर्ने भनिरहेका छन् । यसमा सरकारले विद्युत प्रयोग भएको प्रमाण पठाएको भए यो समस्या लम्बिने थिएन्,’ उलने भने । ९ वर्षसम्म एउटा विद्युतको समस्या समाधान नहुन दुःखद भएको भन्दै यसले लगानीको वातावरणमा प्रतिकुल असर गर्ने उनको भनाइ छ ।
व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनले बताए । व्यवसायीलाई खाली लान्छना लगाउने काम मात्रै भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । यो समस्या समाधानका लागि महासंघले वारम्बार कुरा उठाइरहेको हो । कानुुनी आयोग पनि बन्यो । आयोगले भनेको कुरालाई मान्न व्यवसायीहरु तयार छन् । सोहीअनुसार अघि बढ्नुपर्छ,’ उनले भने ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व