
जुम्ला । जुम्लामा यसवर्ष २० हजार टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएको स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन अर्थात् (४६ क्विन्टल) स्याउ उत्पादन भएको हो ।
जुम्लाका आठवटै पालिकामा उत्पादन भएको स्याउ बिक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ट्रक, बस, जीप र जहाजबाटसमेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए ।
जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ । आठ सय ३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले यसवर्ष प्रतिकिलो सरदर ६० रुपैयाँमा स्याउ बेचेको कार्यालयका प्रमुख देवकोटाले बताए ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन