
काठमाडौं । दुध किसानले पाउनुपर्ने बक्यौता रकम १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । तीन महिनाअघि पाँच अर्ब रुपैयाँ रहेको बक्यौता पछिल्ला दिनहरुमा घट्दै अहिले १ अर्ब ३० करोड रुपैयाँमा झरेको हो ।
अहिले किसानको धुतको बक्यौता भुक्ताना भइरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले झण्डै ३० करोड र निजी डेरीहरुले एक अर्ब भुक्तानी गर्न बाँकी छ । सबैजसो किसानले जेठसम्मको भुक्तानी सबै पाएका र त्यसपछिको केही मात्रामा बाँकी रहेको उनले बताए । बजारको प्रक्रियाअनुसार सामान्य अबस्थामा पनि डेरीहरुले किसानले एक डेढ महिनाको भुक्तानी दिन बाँकी रहन्छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तिहार शुरु हुनु अघि नै सार्वजनिक अपिल गर्दै दुध र दुधजन्य वस्तुको प्रयोग बढाउन आम नागरिकलाई अनुरोध गरेका थिए । अहिले धेरै दुग्धजन्य उत्पादन थन्किएका कारण उपभोग भएमा बक्यौता भुक्तानीमा सहज हुने उनको भनाइ छ ।
गर्मी याममा दुधजन्य वस्तुको खपत बढी हुने भएकोले पनि बक्यौता भुक्तानीमा सहज भएको हो । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवरले जाडोयाममा फेरि उत्पादन बढ्ने र खपत घट्ने अवस्था शुरु हुने हुँदा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको कृषि मन्त्रालयको अनुमान् छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुने गरेको सरकारी विवरण छ । समग्रमा नेपालमा दैनिक २० करोड रुपैयाँको दूध बिक्री हुने व्यवसायीहरूको दाबी छ ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?