
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल भाषा मंका खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित’न्हूदँ ने.सं. ११४५’ को सांस्कृतिक कार्यक्रममा उनले नेपाल संवत् आयातित संवत् नभई नेपाली मौलिकतामा चलेको संवत् रहेको बताएका हुन् ।
‘नेपाल मण्डलको संस्कृति संसारको मौलिक संस्कृति हो, ऋणमोचन गरिदिएको अवसरमा चलेको यो संवत् हाम्रो आफ्नो मौलिक संवत् हो, नेवार सभ्यता र संस्कृति महत्वपूर्ण छ, हाम्रा सबै भाषा संस्कृतिलाई हामीले बचाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । आफू २०२७ सालमा काठमाडौं आएपछि यहाँकै स्थानीय बासिन्दा भएको छु भन्दै यहाँको भाषा, संस्कृति प्रति प्रेम रहेको बताए । ‘मैले नेवारी परिवारमा विवाह गरेँ, तर मलाई नेवारी बोल्न आएन, तर मलाई नेपाल भाषा बोल्न नआएपछि यसभाषा प्रति मेरो प्रेम छ, नेपालका सबै भाषा, संस्कृति बचाउनु पर्छ,’ उनले भने । उनले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्ययक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्दै यसको प्रवद्र्धधन र संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले हाम्रो परम्परालाई ऐतिहासिक रुपमा कायम गर्नुपर्छ जनाउँदै हामीले यसका गौरव गर्नुपर्छ भन्नेमा जोड दिए ।
कार्यक्रममा सांसद प्रेमबहादुर महर्जनले नेपाल भाषालाई विद्यालय तहमा पठनपाठनमा नेपाल भाषालाई देशैभर ऐच्छिक भाषाका रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीलाई अनुरोध गरे । बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जन नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रभावकारी बनाउन तिनै तहका सरकारले समन्वयमा काम गर्नुपर्ने बताए ।
वि.स २०५६ मङ्सिर २ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वको तत्कालीन सरकारले नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति मान्यता दिएको थियो ।













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु