
काठमाडौं । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो ।
सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तबाहेक अरू ब्याटरले राम्रो गर्न सकेनन् । ऋषवले ६४ रन बनाए । कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । घरेलु टोली २९ दशमलव १ ओभरमै अलआउछ भयो ।
न्यूजिल्याण्डका एजाज पटेलले ५७ रनमा छ विकेट लिए । यस्तै ग्लेन फिलिप्सले तीन र म्याट हेनरीले एक विकेट लिए । न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएपछि भारतले जवाफमा २ सय ६३ रन बनाएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो इनिङ्समा १ सय ७४ रन बनाएर अलआउट भएको थियो ।













समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन