
काठमाडौं । पूर्वी इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । लेवोटोबी लाकी–लाकी नाम गरेको पहाडमा ज्वालामुखी विस्फोट भएको इन्डोनेशियाको ज्वालामुखी तथा भौगर्भिक विपद् न्यूनीकरण केन्द्रले जनाएको छ । आगो दन्केको लाभाका टुक्रा र ढुङ्गाहरू उछिट्टिएर ज्वालामुखीको केन्द्रबाट चार किलोमिटर टाढा रहेका गाउँहरूमा पुगेका थिए । त्यसबाट कतिपय घरहरूमा आगलागी भएको छ । ज्वालामुखी विस्फोटबाट सात वटा गाउँ प्रभावित भएका छन् ।
इन्डोनेशिया सरकारले ज्वालामुखीबाट पुग्ने खतराको सूचनाको तहलाई उच्चतम स्तरमा बढाउँदै ज्वालामुखीको केन्द्रबाट सात किलोमिटरकोे क्षेत्रभित्र पर्ने सबै ठाउँ खाली गराउन भनेको छ । इन्डोनेशियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले अबका केही दिन अकस्मात् आउने बाढी र बगेर आउने चिसो लाभाले समस्या निम्त्याउने चेतावनी दिनुभएको छ । स्थानीय सरकारहरूले ५८ दिनका लागि प्रभावित क्षेत्रमा सङ्कटकालको घोषणा गरेका छन् ।
इन्डोनेशिया, प्रशान्त महासागरीय क्षेत्रमा आगोको घेरा अर्थात रिङ अफ फाएर भनिने उच्च भूकम्पीय गतिविधि भइरहने इलाकामा पर्छ । यसको मुनि एकभन्दा बढी टेक्टोनिक प्लेटहरू छन् । त्यहाँ एक सय ३० वटाजति सक्रिय ज्वालामुखीहरू छन् । त्यस क्षेत्रको माटो निकै उर्वर हुने हुँदा धेरै मानिसहरू ज्वालामुखीको नजिकको क्षेत्रमा जोखिम उठाएरै भए पनि बसोबास गर्दै आएका छन् ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन