
नयाँदिल्ली । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो डा.ल्हारक्याल लामाले भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली बौद्ध शिखर सम्मेलन २०२४ लाई सम्बोधन गरेका छन् । भारत सरकारको संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आइबिसि) सँगको सहकार्यमा आयोजना गरेको २ दिने सम्मेलनमा उपाध्यक्ष लामाले बुधबार साँझ सम्बोधन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा जन्मेका भगवान् बुद्धको उपदेशले नै एसियालाई बलियो र एकताबद्ध बनाउने बताएको लुम्बिनी विकास कोष सल्लाहकार विनोद परिवारले जानकारी दिए।
उपाध्यक्ष डा लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाइ गर्न सक्ने बताएका छन् । बुद्ध धर्मको वास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने उपाध्यक्ष लामाले बताए । उनले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्पराहरूको बारेमा छलफल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा।लामाले एक चक्रवर्ती राजाले धम्म शिक्षाको माध्यमबाट संसाभर राज गरेको समेत स्मरण गरे । बौद्ध ग्रन्थहरूले ‘एसिया’ शब्दलाई पहिचान नगर्ने बताउँदै जम्बुद्वीप र मध्यदेशका चक्रवर्ती राजाले संसारलाई धम्म शासनमार्फत जोडेको उनले बताए ।
नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको शिक्षा भारतबाट बिस्तार भएको स्मरण गर्दै अब बुद्धका मुख्य शिक्षाहरूलाई विश्वभर फैलाउनुपर्नेमा उपाध्यक्ष डा लामाले जोड दिए । अन्तर्राष्ट्रिय बौद्ध महासंघका उपाध्यक्ष समेत रहेका डा लामाले बुद्धका उपदेशका बारेमा भारत सरकार र एसियाका अन्य देशहरूले समेत यस्ता विद्धानहरूको सम्मेलन आयोजना गर्नुपर्ने बताए ।
उनले आफू लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षका रूपमा सम्मेलनमा सहभागी धर्मगुरु, भिक्षु भिक्षुणी, लामाहरू सहित विभिन्न देशका विद्धानहरूलाई भगवान् बुद्धको जन्मस्थल जन्मस्थल लुम्बिनीका लागि निमन्त्रणा गरे । कार्तिक २० र २१ गते भारतको नयाँ दिल्लीमा प्रथम दक्षिण एसियाली बौद्ध शिखर सम्मेलन भएको हो ।
सम्मेलनको भारतका राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी थिइन । शिखर सम्मेलनमा नेपाल सहित एसियाली देशका बौद्ध धर्मगुरु, विद्वान, विज्ञ र अभ्यासकर्ताहरूको उपस्थिति थियो । एसियाली देशमा रहेका बौद्ध सम्प्रदायहरुविच आपसी संवाद र समझदारीलाई प्रवर्द्धन र बौद्ध समुदायले सामना गरिरहेका समसामयिक चुनौतीहरूका विषयमा सम्मेलनमा छलफल गरिएको थियो ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया