
काठमाडौं । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन संख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो समय भारतीय पर्यटकको संख्यामा गिरावट आएको छ भने अमेरिकी पर्यटकको संख्यामा वृद्धि भएको छ ।
‘भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको संख्याले उछिनेको छ तर पछिल्ला हवाई दुर्घटना, सडक दुर्घटना र विपत्जन्य घटनाका कारण भारतबाट आउने पर्यटक घट्दै गएका छन् । यो चिन्ताको विषय हो,’ उनले भने ।
अमेरिकी पर्यटकको आगमन बढ्नु सुखद पक्ष रहे पनि भारतीय र चिनियाँ आगमन घट्दा भने पर्यटन क्षेत्र थप प्रभावित हुने उनले बताए ।
निर्देशक लामिछानेका अनुसार अक्टोबरमा नेपाल भित्रिएका विदेशीको संख्या सन् २०२३ को अक्टोबरको तुलनामा ६.४ प्रतिशतले बढेको छ तर यो वर्षको अगस्त, सेप्टेम्बर र अक्टोबरमा भारतबाट आउने पर्यटक भने घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटकसमेत घटेका छन् । अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या भने अघिल्लोको तुलनामा १२.८८ प्रतिशतले बढेको छ ।
बोर्डको तथ्यांक अनुसार गत अगस्टमा नेपालमा २५ हजार ८३२ जना भारतीय पाहुना भित्रिएका थिए । त्यो आगमन सेप्टेम्बरमा केही घटेर २२ हजार ९८४ मा झरेको थियो । अक्टोबरमा त झन् घटेर १६ हजार ३१३ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अमेरिकी पाहुनाको आगमन भने पछिल्लो तीन महिना लगातार बढिरहेको छ । गत अगस्तमा नेपालमा छ हजार ३६७ जना अमेरिकी पर्यटक भित्रिएका थिए । त्यो आगमन सेप्टेम्बरमा बढेर ११ हजार ५४९ मा पुगेको थियो । यो अक्टोबरमा १६ हजार २३ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन् ।













समाचार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
डिजिटल वित्तीय सेवालाई सुरक्षित र सर्वसुलभ बनाउन राष्ट्र बैंकको नयाँ पाँच वर्षे रणनीतिक ढाँचा
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
रसुवालाई नुवाकोटसँग जोड्न ७५ मिटर लम्बाइको बेलिब्रिज बन्ने
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति