
काठमाडौं । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका सामग्रीको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा २१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघले आज यहाँ पत्रकार सम्मेलन गर्दै मेलाको तयारी बारे जानकारी गराएको हो ।
नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको संयुक्त तत्वावधानमा आगामी मंसिर २० देखि २४ गतेसम्म होटल हायात बौद्धमा मेला आयोजना गरिएको महासंघले जनाएको छ । मेलाले हस्तकला डिजाइन र रङ संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदानप्रदान गर्ने, स्वदेशी तथा विदेशी क्रेता तथा बिक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदानप्रदानमा सहयोग गर्ने मेला संयोजक दिल्लीरत्न तुनाधरले जानकारी दिए ।
प्रतियोगितामा प्रत्येक विधामा प्रथम हुनेलाई नगद रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजारसहित पदक प्रदान गरिने उनले जानकारी दिए । यसपटक व्यापार मेला कै सन्दर्भमा चिनियाँ तथा अन्य देशबाट पाहुनाहरु निमन्त्रणा गरी चीन नेपाल हस्तकला, संस्कृति र पर्यटक समिटसमेत आयोजना गरिने र त्यसबाट नेपालमा ग्रीन परियोजना विकास गरी कार्यान्वयन गरिने महासंघका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व