
मनाङ । चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरूले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा चर्को सङ्गीत बन्देज गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । एक्यापले पदयात्रा गर्दा ठुलो आवाजमा कुनै उपकरण नबजाउन तथा कुनै किसिमको पटका तथा अतीसबाजी प्रदर्शन नगर्न पदयात्रीलाई अनुरोध गरेको छ । यदि यस्ता गतिविधि गरेमा कानुनअनुसार सजाय गरिने पनि एक्यापले जनाएको छ ।
संरक्षण क्षेत्रभित्र धेरै जङ्गली जनावर तथा पशुपन्छी रहेकाले उनीहरूको वातावरण कुनै पनि असर नपरोस् भनी चर्को रूपमा स्पिकरमा सङ्गीत बजाएर यात्रा गर्न नपाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले वन्यजन्तुको पर्यावरणमा चर्को सङ्गीतले असर पारेको तथा उनीहरूको पर्यावरण खलबलिएकाले चर्को स्वरमा स्पिकर बजाउँदै पदयात्रा गरेकाहरूबाट स्पिकर नियन्त्रणमा लिई सचेत गराइएको बताए ।
यसैबिच मनाङको संरक्षित क्षेत्रभित्रबाट नियमित वन गस्ती गर्ने क्रममा वनक्षेत्रमा ३५ थान पासो भेटिएको र भेटिएका सबै पासोहरू नष्ट गरिएको छ । एक्यापको सूचनामा वन्यजन्तुको चोरी सिकारी तथा अवैध ओसारपसार र किनबेच हुन नदिन सार्वजनिक रूपमा सूचना जारी गर्दा पनि सो क्रम नरोकिएकाले यस्ता वन गस्ती गरी अवैध रूपमा थापिएका पासोहरू नष्ट गरिएको हो । यस्ता कार्यमा संलग्न भएको पाइएमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
त्यसैगरी एक्यापले पदयात्रामा आउने पदयात्रीलाई यात्रा गरी रमाइलो अनुभव लिन पनि आग्रह गरेको छ । यसै क्रममा एक्याप र मनाङ ङिस्याङ गाउँपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका १ को तलेखुदेखि सब्जे–मुङ्जेसम्म संयुक्त प्रयासमा पदमार्ग निर्माण एवम् मर्मतसम्भार कार्य भएको छ । सो खण्डमा पर्यटकलाई सजिलो होस् भनी साइनबोर्डहरू पनि राखिएको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू