काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि घट्न थालेको सुनको मूल्य पुनः बढ्न थालेको छ । गत हप्ता केही घटेको सुनको मूल्य यो हप्ता फेरि बढ्न थालको हो । नेपाल सुनचाँदी व्यवसायी महसांघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य ५ हजार ४०० रुपैयाँले महंगो भएको हो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो साताको अन्तिम कारोबार दिन शुक्रबारसम्ममा आइपुग्दा १ लाख ६५ हजार ५०० रुपैयाँमा पुगेको छ । यो साताको सबै ६ दिन नै सुनको मूल्य बढेको छ । अन्तराष्ट्रिय बजारमा समेत प्रतिआउन्स २ हजार ६०० डलरभन्दा तल झरेको सुनको मूल्य अहिले प्रतिआउन्स २ हजार ७०० डलर नजिक पुगिसकेको छ । यसले गर्दा नेपाली बजारमा पनि सुनको मूल्य लगातार रुपमा बढेको महासंघको भनाइ छ ।
सुनको मूल्य बढ्नुका कारण सुनमा लगानी बढ्नु, अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बृद्धि हुनु, बैंकहरुको व्याजदरले पनि भूमिका खेलेको र अन्तर्राष्ट्रिय द्वन्द्व बढ्नु लगायतलाई कारण मानिएको छ । यस साता चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले बढेको छ । अघिल्लो साता प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको चाँदीको मूल्यो यो साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार ९४० रुपैयाँ तोला पुगेको छ ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना