
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १३ दशमलव ०३ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २६६७ दशमलव ४० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ५५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७६ अंकले घटेर ४७१ दशमलव २० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये २ वटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ उपसूचकको सेयर मूल्य भने आज घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनमा ८ अर्ब २५ करोड बढीको कारोबार भएको बजारमा आज ७ अर्ब ७२ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ बराबरको कारोबार भएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह