
काठमाडौं । आगामी ११ पुसदेखि चितवनमा ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’ हुने भएको छ । २०५५ सालदेखि चितवनमा यो महोत्सव हुन थालेको थियो । कोराना महामारीका कारण महोत्सव तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको महोत्सवलाई गत वर्षदेखि निरन्तरता दिइएको हो । यसपालि १८ औं पटक हुन लागेको हो ।
कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एवं जिम्मेवार संघसंस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको होटल एसोसिएसन नेपाल (हान) ले जनाएको छ । महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटक आगमन वृद्धि हुने गरेको आयोजकको दाबी छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकास बाहेक हात्तीको महत्त्व समेत उजागर गर्दै आएको हानले जनाएको छ ।
‘चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाउन समेत यस महोत्सवको अभिप्राय रहेको छ । सौराहा लगायत चितवनका अन्य पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा यहाँहरुबाट विगतमा भएका प्रयासहरुलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दछौं,’ हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफारी पर्यटनको रुपमा विकास भएको समग्र चितवनको पर्यटन हात्ती विना कल्पना गर्न नसकिने कुरा सर्वविदितै छ । पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तर सम्म पहिचान गराउन सक्नु पनि महोत्वसको विशेषता हो ।’
प्लास्टिकजन्य पदार्थ निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट महोत्सव प्रवर्द्धन गर्ने प्रयास गरिएको हानको भनाइ छ । बहुल जाति, बहुभाषा र कलासाँस्कृति प्रवर्द्धन गर्दै भविष्यको संरक्षण गर्नु पनि महोत्सवको विशेषता रहेको आयोजकले जनाएको छ । विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० हात्ती सहभागी हुनेछन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू