
काठमाडौं । कानिङ सेडुव लिङ गुम्बा सङ्गठन तथा लुम्बिनी विकास कोषले निर्माण गरेको लुम्बिनीस्थित पाल थुव्तेन सेडुप लिङ गुम्बाको उद्घाटन गरिएको छ। गुम्बाको शुक्रबार एक समारोहका बिच उद्घाटन गरिएको हो । बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले गुम्बाको औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष लामाले लुम्बिनीमा ठुलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्ति प्रेमीहरूका लागि गौरव भएको बताए । उनले लुम्बिनीमा गुम्बा निर्माण गरेर बुद्ध दर्शनको प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।
यस्तै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरूको सहयोगबाट हजार बुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्र केश गुप्ताले लुम्बिनीमा विहारहरू निर्माण हुनेले बौद्ध पर्यटनमा ठुलो टेवा पुर्याउने बताए ।













समाचार
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?