नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ११ औँ वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न मंसिर २४ गते सोमबार काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्दैछ ।

सभाले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार